सलोन बस्नेतको "रंगी" प्रेम दिवसमा

 

भोला सुवेदी ( प्रणव)

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गते अर्थात भ्यालेन्टाइन डे (प्रेम दिवस)मा प्रदर्शन हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको रिलिज मितिसहितको पोस्टर र मोसन पोस्टर बुधबार निर्माण टिमले सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो ।


पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा देखाइएको छ । उनीहरु के कारणले गम्भीर भए भन्ने जान्न फिल्म नै हेर्नुपर्ने हुन्छ ।


त्यस्तै मोसन पोस्टरमा सलोन, आयुषी र ‘डेब्य’ नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । नम्रता ‘मिस वर्ल्र्ड नेपाल २०२०’की विजेता हुन् ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ ।

फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो । फिल्म ‘नेपाली बाबु’बाट बाल कलाकारका रुपमा पाइला चालेका सलोनले फिल्म ‘होस्टल’ देखि ‘हिरो’का रुपमा अभिनय गरेका हुन् । निर्देशन न्यौपानेले भने ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् ।

सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add