‘पिताम्बर’ चैत २९ मा देशभर प्रदर्शन हुँदै / आक्रमक पोस्टर सार्वजनिक चलचित्रको

 भोला सुवेदी (प्रणव)

काठमाडौं । कृषा चौलागाई निर्देशित चलचित्र ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो ।


‘पिताम्बर’को विभिन्न सेड्युलमा निर्देशक चौलागाईले ७० दिनमा छायांकन प्याकअप गरेकी थिइन् । ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताउँदै आएकी छन् ।


‘पिताम्बर’को सार्वजनिक पोस्टर आकर्षक देखिएको छ । पोस्टरमा चलचित्रका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड छन् । रगताम्मे प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगात देखिन्छन् । दयाहाङको अनुहारमा भने रिस देखिन्छ । शुक्रबार सार्वजनिक पोस्टरले यो चलचित्र एक्सनप्रधान रहेको प्रष्ट भएको छ । पोस्टरले दर्शकलाई आकर्षित गर्नसक्ने देखिएको छ ।

पिताम्बर’स्टार कलाकारहरूको बलियो लाइनअप भएको चलचित्र हो । चलचित्रमा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा प्रयुश  दत्त सुवेदी र अर्नव घिमिरे बालकलाकारको रुपमा रहेका छन    ।    ‘पिताम्बर’को पहिलो चरणको छायाँकन गतवर्षको चैत्रमा नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सुरु भएको थियो ।

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको निर्मातामा विशाल चौलागाई छन् ।  हिमाल केसीको द्धन्द्व निर्देशन रहेको चलचित्रलाई निर्देशक कृषाले लार्ज स्केल बनाएकी छन् । चलचित्रको बजेट ५ करोड अनुमान गरिएको छ । यसअघि कृषाले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् । उक्त चलचित्रले दर्शक तथा समीक्षकबाट राम्रो प्रसंशा पाएको थियो ।

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add