हेटौंडामा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदै

 

भोला सुवेदी ( प्रणव)
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही पुष १० गतेबाट दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदैछ ।



बागमती प्रदेश फुटबल संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो ।

प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार नै प्रतियोगिता सञ्चालन हुन लागेको उनले बताए ।

लिग कम नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुई वटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउन पाउने कार्यबाहक अध्यक्ष बस्नेतले बताए ।

प्रतियोगिताको विजेता तथा उपविजेता समूहले क्रमशः नगद २ लाख र एक लाख रुपैयाँसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान गरेको आयोजकले गरेको छ ।

पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले ट्राइसिट समेत सार्वजनिक गरेका थिए ।

गत वर्षको पहिलो संस्करणको उपाधि धादिङले हात पारेको थियो ।

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add