‘तानाजी’ ले कमायो दुई सय करोड

अजय देवगनको फिल्म तानाजी १५ औं दिन पनि बक्स अफिसमा २०० करोड पार गरेको छ ।तानाजीले पहिलो हप्ता ११८.९१ करोड र दोस्रो हप्ता ७८.५४ करोडको कारोबार गरेको थियो । शुक्रबार ५.२७ करोड कमाएसँगै यसको कारोबार २०० करोडमाथि पुगेको छ । चलचित्रले शुक्रबार सम्म २०२.८३ करोड कलेक्सन गरेको छ ।

तानाजी २०२० मा २०० करोड कमाउने पहिलो फिल्म बनेको छ । यो विकेण्डमा फिल्मले अझै राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । तानाजीमा अजय देवगन, सैफ अली खान र काजोल मुख्य भूमिकामा छन् । फिल्मको लागत ११० करोड र प्रमोसन तथा प्रिन्ट खर्च १५ करोड गरी कूल बजेट १२५ करोड भएको बताइएको छ ।


ए। यो अजयको करिअरमा २ सय करोड कमाउने दोस्रो सिनेमा हो । उनको ‘गोलमाल अगेन’ले पनि बक्सअफिसमा २ सय करोड पार गरेको थियो ।यस्तै सैफअलि र काजोलको करिअरमा २ सय करोड कमाउने ‘तान्हाजी’ नै पहिलो सिनेमा हो ।
गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add