नेपाली सांगीतिक आकाशमा गायक शंकर यु दाहालको फड्को "मलाई दुख्दा .." सार्वजनिक

गायक शंकर यु दाहाल नेपाली सांगीतिक आकाशमा एउटा नाम । सानै उमेर देखी गायनमा रुची राखेका दाहालको हालै एक गीत " मलाई दुख्दा .." सार्वजनिक भएको छ । पुर्व चंद्रपुर रौतहटमा जन्मेका र बाल्यकाल पनि त्यहि बिताएका गायक दाहाल बाल्यकालमा त्याहाँको बिद्यालयस्तरीय गायन होस या सांस्कृतिक कार्यक्रममा भाग लिई आफ्नो गायकीलाई निखार्दै आएका दाहाल हाल समाजसेवी र कुशल ब्याबसायिको रुपमा स्थापित भएका छन ।
बिराटनगरमा अध्यनको शिलशिलामा गुरु अजित अर्यालबाट गायनको कक्षा लिएर सांगीतिक क्षेत्रमा पाइला सारेका दाहालको हालै रिलीज भएको गीतमा उनले गायन मात्र हैन अभिनय पनि गरेका छन । गीतकार दिपकराज पाठकको शब्द र बिपिन आचार्यको संगीतमा तयार भएको गीतमा दाहालको अभिनय पनि हेर्न सकिने छ।  बुवा इन्द्र प्रशाद दाहाल र आमा शान्ता दाहालको एक्लो छोरा रहेका दाहालले हालै सार्वजनिक भएको गीतले नेपाली दर्शक श्रोताको मन जित्नेमा उनि ढुक्क रहेकाछन । गायनलाई आफ्नो कला र श्रोताहरुलाई उत्कृष्ट गीत दिनको लागि हाल पनि उनि गायन सिकीरहेका छन । "म सफल गायक बन्न नसकेपनि म मेरा श्रोताहरुलाई उत्कृष्ट गीत दिने कोसिसमा हरदम तयार रहेको  छु , यसैको फलास्वोरूप मेरो अर्को कोसिस  गीत  मलाई दुख्दा .."  तपाई श्रोताहरुको  माझ ल्याएको छु। एक पटक भिडियो हेरेर प्रतिक्रिया दिनहुन आग्रह गर्दछु" ।
गायक दाहालको स्वरमा सार्वजनिक भएको गीतमा अभिनेता शितल के सी , मोडल सश्मिता कार्की , गायक शंकर यु दाहाल सोयम र बालकलाकारहरु प्रसिद्ध सिंह र ओजस्वी दाहाललाई पनि प्रमुख बनाएर फिचर्ड गरिएको  यस गीतले दर्शक , श्रोताको  मन जित्नेमा संगीतकार बिपिन आचार्य पनि ढुक्क रहेका छन ।


गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add