गीतकार दिपक राज पाठको "मलाई दुख्दा ..." सार्वजनिक

सफल गीतकार दिपक राज पाठकको शब्द  रचंमा तयार भएको गीत "  मलाई दुख्दा .." को म्युजिक भिडियो सार्वजनिक भएको छ।  संगीतकार बिपिन आचार्यको एरेन्ज र संगीतमा तयार भएको यस गीतमा आवाज भने शंकर यु दाहालको रहेको छ
। दशकौ देखि नेपाली सांगीतिक आकासमा शब्द रचना गर्दै सफलता पाउदै गरेका गीतकार पाठकले यस यसपटक पनि उनले आफैले भिडियो निर्देशन गरेका छन नायक शितल केसी र सश्मिता कार्की र लाई फिचर्ड गरिएको यस गीतमा गायक दाहाललाई पनि फिचर्ड गरीएको छ बालकलाकार प्रसिद्ध सिंह र ओजस्वी दाहाललाई पनि प्रमुख बनाएर फिचर्ड गरिएको  यस गीतले दर्शक , श्रोताको मन जित्नेमा गीतकार पाठक ढुक्क रहेका छन
 "मैले यो शब्द धेरै पहिला तयार गरेको  थिए र गीतको लागी उत्कृष्ट आवाजको पर्खाईमा थिए शंकरजिको फिट भयो र मैले वाहालाई गायनमा लिए र सोचेको जस्तै भयो । " यो गीतको भिडियोको जब मैले सुटिंग समय राखे र छायांकनको लागी मुलकोट पुग्दा घरमा  मेरो बाबा बिरामी  हुनुहुन्थियो र त्यसै दिन वाहालाई आई सी यु मा भर्ना गरिएको रहेछ र मैले सुटिंग राति दुई बजे सकेर म सिधै त्यहि बाट पुर्ब पुगे र बाबाको  अन्तिम पटक दर्शन गरे , अहिले बाबा हामि माझ हुनून्न , त्यसैले यो गीतले मेरो एउटा छुट्टै याद पनि बोकेको छ " 
 गीत मंगलबार ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ  
गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add