‘साङ्लो’को ‘झ्याम्मै आँखा झ्याम्मै’ गीत सार्वजनिक

एक्सन नायक विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरिएको छ ।गीतमा विराज र डेब्यु अभिनेत्री निकता चाण्डक फिचर्ड छन् ।

सार्वजनिक गीतमा सुरेश अधिकारीको संगीत रहेको छ भने अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको छ । गीतको शब्द पनि निशान भट्टराईको नै रहेको छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

माघ २४ देखि प्रदर्शनमा आउन लागेको ‘साङ्लो’मार्फत विराज भट्टले चलचित्र निर्देशनमा पनि डेब्यु गरेका छन् ।चलचित्रमा विराज भट्ट र निकिता चाण्डकसगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

यस चलचित्रलाई भट्टले निर्देशन सगै निर्माण पनि गरेका हुन् ।चलचित्रको सार्वजनिक गीत ‘चरीले काफल टिप्यो’लाई दर्शकले रुचाएका छन् । झन्डै चार वर्ष अगाडी रिलिज भएको ‘जय परशुराम’ पश्चात विराज नेपाली पर्दामा देखिएका थिएनन् ।

चलचित्रमा शिवम अधिकारीको लेखन, सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी ररहेको छ ।
गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add