बार्सिलोनासँग खेलको पुर्व सन्ध्यामा रोनाल्डो तनावमा किन ?

 स्पेनिस क्लव बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई आज गार्ड अफ अनर अर्थात विशेष सम्मान नदिने भएको छ ।

स्पेनिस ला लिगामा रियल मड्रिडले आज बार्सिलोनासँग आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा खेल्दै छ । गत आइतबार मात्र क्लव विश्वकपको उपाधि उचालेको रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले इएल क्लासिको अघि बार्सिलोनाले आफूहरुलाई गार्ड अफ अनर देओस भन्ने चाहेका थिए ।

तर रोनाल्डोको चाहनामा तुसारापात गर्दै बार्सिलोनाले यसअघि नै रियल मड्रिडलाई गार्ड अफ अनर नदिने स्पष्ट पारेको थियो । त्यसैले आज रियलका खेलाडीले बार्सिलोनाबाट कुनै सम्मान पाउने छैन ।

यो सिजनको सुरुमा पनि रियलले गार्ड अफ अनर पाएको थिएन । रियलले म्यानचेस्टर युनाइटेडलाई हराएर युरोपेली सुपर कपको उपाधि जितेपछिको खेल बार्सिलोनाको मैदान क्याम्प नाउमा खेलेको थियो ।

च्याम्पियन्स लिग वा ला लिगा विजेताले मात्र गार्ड अफ अनर पाउँने भन्दै बार्सिलोनाले रियल मड्रिड अहिले गार्ड अफ अनरको हकदार नभएको दावी गरेको छ ।

सन् २००८ को एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई गार्ड अफ अनर सम्मान दिएको थियो । त्यतिबेला रियल ला लिगा च्याम्पियन थियो ।
गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add