नेपाली सीनेमा नगरिका पुराना निर्माता सुरज प्रधानले पुन अर्को सिनेमा निर्माण गर्ने भएका छन् । राजधानिमा एक कार्यक्रमका बीच उनले निर्माण गर्ने सिनेमा "वास्तु शास्त्र" को शुभ मुहुर्त गरिएको छ ।
पुराना तथा सफल निर्माता सुरज प्रधानले नयाँ कथा र नयाँ कलाकार सहित नेपाली सिनेमा नगरीमा पुन आएका भन्दा फरक नपर्ला ।
सु:ख दु:ख , दुर्गा , माईति , मालती , सलामछ माया लाई , सम्झिदिए पुग्छ लगायत १२ ओटा भन्दा बढी हिट नेपाली सिनेमा निर्माण गरि सकेका सुरज प्रधानको यो १३ औ सिनेमा हो । सिनेमा "वास्तु शास्त्र" लाई निर्देशक राजु लामाले निर्देशन गर्ने भएका छन् । निर्देशक लामा कै कथा रहेको सिनेमा मुभी मेक्सर्सको ब्यानरमा निर्माण हुने भएको छ । "वास्तु शास्त्र" ले हरेकको जीवनमा प्रभाब पार्छ र यसको प्रभाब कति सम्मको हुन्छ र "वास्तु शास्त्र" के हो भन्ने बिषयमा निर्माण हुने यस चलचित्र पारिवारिक प्रेम कथामा आधारित रहेर निर्माण हुने बताए निर्माता सुरज प्रधानले ।
नव कलाकारहरुको अभिनय रहने बताईएको छ । समिर लामा , साजन बास्कोटा मिलन श्रेष्ठ , सुष्मिता देउला , संगीता दोंग , संगीता थापा, हेने सोनी ,सुरबीर पण्डित लगायतकाको प्रमुख अभिनय रहने यस सिनेमा लाई सम्भु सापकोटा र बिक्रम कार्कीले खिच्ने छन् । चलचित्रमा यस कुमारको संगीत रहेको छ । काठमाण्डौ र बन्दीपुर र पोखरामा छायांकन हुने यस सिनेमा आउदो फाल्गुन महिनामा प्रदर्शनमा आउने बताए निर्माता सुरज प्रधानले ।

0 comments:
Post a Comment