राजेश हमाललाई ओलीले भने: अभिनयमात्रै होइन देश बनाउन भूमिका खेल्नुहोस


महानायक राजेश हमालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ दिएका छन्। शनिबार दिउँसो ओली निवास बालकोट पुगेर हमालले वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ स्पष्ट बहुमत ल्याएको भन्दै ओलीलाई बधाइ दिएका हुन्।
नायक हमालले देशमा अस्थिरता जारी रहेको अवस्थामा बहुमत प्राप्त गर्नु सुखद् भएको भन्दै ओलीलाई सरकारको नेतृत्व गरेर देशमा विकास र समृद्धि भित्राउन शुभकामना समेत दिए। उनले यसअघि पनि ओली नेतृत्वको सरकार हुँदा गरेका काम र राष्ट्रियतासम्बन्धी ओलीको अडानका कारण देशभक्त नेपालीहरु उत्साहित भएको भन्दै तिनलाई निराश नबनाउन आग्रह समेत गरेका छन्।
हामालको शुभकामना, प्रशंसा र आग्रहपछि अध्यक्ष ओलीले जनताको विश्वासमाथि कहिल्यै घात नगर्ने प्रतिवद्धता व्यक्त गरे। ‘नेपाली जनताले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ उनले भने, ‘देश र जनताका निम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन।’
अध्यक्ष ओलीले नायक हमाललाई पनि राष्ट्र निर्माणमा भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। हमालले ओलीको प्रशंसा गरेजस्तै ओलीले पनि हमालले चलचित्रमा राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए।
अध्यक्ष ओलीले देश बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने भन्दै हमाललाई चलचित्रमा हिरो मात्रै नबनेर देशका लागि भूमिका निर्वाह गर्न आग्रह गरे। ‘कलाकारको काम चलचित्र खेल्ने मात्रै होइन’, अध्यक्ष ओलीले भने, ‘राष्ट्रले तपाईंहरुको पनि भूमिका खोजेको छ, त्यसैले राष्ट्र निर्माणमा भूमिका खेल्नहोस्।’

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add