जनवरी १ देखि मलेसियामा कम्पनीले नै लेभी तिर्ने

काठमाडौं । मलेसियामा जनवरी १ देखि विदेशी कामदारको लेभी कम्पनीले नै तिर्ने भएको छ । सन् २०१८ देखि रोजगारदाताले विदेशी कामदारको लेभी तिर्नुपर्ने मलेसियाको ह्युमन रिसोर्स मन्त्रालयले जनाएको छ ।

कम्पनीले नै लेभी तिर्ने भएपछि नेपालीसहित मलेसियामा कार्यरत प्रवासी कामदारलाई फाइदा हुने भएको छ । लेभी नतिर्ने रोजगारदातालाई कडा कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।

प्रवासी कामदारले कामको क्षेत्र र ठाउँ अनुसार फरक फरक दरमा लेभी वापतको रकम तिर्नुपथ्र्यो । मलेसियाको पश्चिमी क्षेत्र पेनिन्सुलरमा निर्माण, उत्पादनमुलक र सेवा क्षेत्रमा कार्यरत विदेशी कामदारले वार्षिक १८ सय ५० रिंगिट लेभी तिर्नु पथ्र्यो । कृषि क्षेत्रमा काम गर्नेले ६ सय ४० रिंगिट र घरेलु कामदारले ४ सय १० देखि ५ सय ९० रिंगिटसम्म लेभी तिर्नुपथ्र्यो ।

सवाह र सारावाकमा निर्माण क्षेत्र, उत्पादनमुलक क्षेत्रमा कार्यरत कामदारले १ सय १० र सेवा क्षेत्रमा १४ सय ९० रिंगिट लेभी तिर्नुपथ्र्यो । त्यस्तै कृषि क्षेत्रमा ४ सय १० र घरेलु कामदारका लागि ४ सय १० देखि ५ सय ९० रिंगिटसम्म लेभी तिर्नुपथ्र्यो ।

मलेसियाको मन्त्रीपरिषद्ले १ वर्ष अघि नै यो नियम लागु गर्ने निर्णय गरेको थियो । तर रोजगारदाताले विरोध जनाएपछि अघिल्लो वर्ष नयाँ नियम लागु हुन सकेको थिएन । रोजगारदाता सहितको प्रतिक्रियाका आधार यो वर्षदेखि नयाँ नियम लागु गर्न लागिएको मलेसिया किनी अनलाइनले उल्लेख गरेको छ ।
गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add