देशकै मुख्य आर्कषणको रुपमा रहेको चितवनको सौराहा पछिल्लो समय चलचित्र छायङकनको लागि लोकप्रिय स्थल बनेको छ । राजधानीबाट नजिक र आर्कषक स्थल रहेकोले पनि चलचित्र छायाङकनको लागि उपयुक्त स्थानको रुपमा चितवनलाई लिने गरिएको छ । यतिबेला पर्यटकीय नगरी सौराहमा नेपाली कथानक चलचित्र लव डायरिजको छायाङकन धमाधम भईरहेको छ । युवा युवती बिचको माया प्रेम र कमेडीलाइृ समाबेश गरि निर्माण थालिएको चलचित्र लभ डायरिज मनोरञ्न प्रदान संगै सन्देशमुलक बन्ने चलचित्रका निर्देशक सौरभ चौधरीले उल्लेख गर्नुभएको छ । चलचित्र निर्माणको लागि २ वर्षदेखी लागिपरेको निर्देशक चौधरीले बताउनुभयो । कथाले मागेअनुसार नै चितवनलाई छनौट गरिएको बताउदै चलचित्रको १६÷१७ प्रतिशत भाग चितवनमै छायाङकन हुने निर्देशक चौधरीले बताउनुभयो । यो बाहेक पोखरा र काठमाण्डौमा छायाङकन गरिने बताईएको छ । अहिलेसम्ममा चलचित्रको ३० प्रतिशत सुटिङ सम्पन्न भईसकेको छ । बिगत ८ दिनदेखी सौराहाको ग्रिनपार्क होटलमा रहि छायाङकन गरिरहेको निर्देशक चौधरीले जानकारी दिनुभएको छ ।
होस्टल रिर्टन्स, सायद २, कारखाना जस्ता सफल चलचित्रमा अभिनय गरेका शुसिल श्रेष्ठको चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रमा आफ्नो भुमिकाका बारेमा बताउदै नायक श्रेष्ठले बाहिर देश बसी मोजमस्तिमा तल्लिन हुने केटालाई उसको बाबाले विजनेश समाल्न नेपाल पठाए संगै उसको संघर्षको यात्रा त्यही बाट शुरु हुने बताउनुभयो ।
अनुभवी नायक शुसिल श्रेष्ठसंगै चलचित्रमा नायीकाको रुपमा रुविना थापाले डेव्यु गर्नुभएको छ । फिल्मको बारेमा नसोचेको भएपनि काम गर्न पाउदा रमाईलो महसुस भएको नायीका थापाले बताउनुभयो । उहाले सामाजिक र पारिवारीक साधारण केटीको भुमिकामा रहेको र पछि केही गर्नको लागि परिवारबाट टाढा बसि संघर्ष गर्ने भुमिका चलचित्रमा रहेको उल्लेख गर्नुभएको छ ।
चलचित्रमा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे मुख्य भूमिका रहेका छन । यो चलचित्रका लागि नायक श्रेष्ठले कपाल समेत पालेका छन् । चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा रहेको चलचित्रमा साहिल र मिलन श्रेष्ठको सम्पादन रहेका छ । चलचित्रमा विनोद सापकोटाको निर्माण, वीवी ढकालको सह निर्माण रहको छ । छायांकनमा रहेकोे चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेल र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।चलचित्रमा ४ वटा गित समाबेश गरिएको छ ।
0 comments:
Post a Comment