खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न अध्यक्ष दाहाललाई आग्रह

काठमाडौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान दिलाउने खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष खेलकुदसँग सम्बन्धित विभिन्न संघ तथा संगठनहरूले आग्रह गरेका छन् ।

अध्यक्ष दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलका रुपमा राखेर इतिहास कायम गरेको सन्दर्भ जोड्दै खेलकुद क्षेत्रका संघ संगठनले आगामी दिनमा खेलकुदलाई प्रभावकारीरुपमा कार्ययोजना बनाएर लागू गर्न आग्रह गरेको हो । अध्यक्ष दाहालको निवास लाजिम्पाट पुगेको राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, नेकपा (एमाले) निकटको नेपाल खेलकुद महासंघ र माओवादी केन्द्र निकटको अखिल नेपाल खेलकुद महासंघका प्रतिनिधिले राष्ट्रिय पहिचान अभिवृद्धि गर्ने खेलकुदमा लगानी बढाउन र विशेष प्राथमिकता राखेर कार्ययोजना बनाउन ध्यानाकर्षण गराएका थिए ।

वाम गठबन्धनको सरकार निर्माण भएपछि मुलुकको खेलकुद क्षेत्रमा स्वर्णकाल आउने आशामा उनीहरुले विगतमा भएका सकारात्मक काम कारबाहीलाई संस्थागत गर्दै आगामी दिनमा थप प्रभावकारी कार्ययोजना ल्याउन अध्यक्ष दाहालसँग अनुरोध गरेको अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।

उनीहरुले आगामी दिनमा अझ गुणात्मक फड्को मार्ने लक्ष्य राख्न र राष्ट्रिय पहिचानको अभिवृद्धिका लागिसमेत सो क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।युवालाई सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा लगाउने माध्यम भनेकै खेलकुद भएकाले सरकार र सरकारी निकायले अरु क्षेत्रलाई भन्दा बढी ध्यान दिनुपर्ने उनीहरुको सुझाव थियो ।
गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add