अन्तर्राष्ट्रिय हात्तीपोलो नहुने

नवलपरासी । हरेक वर्ष यही याममा नवलपरासीमा आयोजना हुने गरेको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नहुने भएको छ ।

जिल्लामा ३५औँ संस्करणसम्म लगातार सफलतापूर्वक सम्पन्न गरिएको हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नखेलाउने आयोजक टाइगर टप्सले जनाएको छ ।हरेक वर्ष यही याममा गरिँदै आएको सो खेल हेर्न बाह्य पर्यटक नवलपरासी आउने गरेका थिए । हात्ती माथि बसेर घुमाउन बन्द गरिएका कारण सो प्रतियोगिता बन्द गर्नु परेको टाइगर टप्सका प्रबन्ध निर्देशक डिबी चौधरीले बताउनुभयो ।

“जनावरलाई दुःख दिने संस्कृतिको अन्त्य गर्न प्रतियोगिता बन्द गर्ने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो । वन्यजन्तु पर्यटनलाई नयाँ रुपमा विकास गर्न जनावरलाई भारी हुने काम नगराउने तथा घण्टाँै पर्यटक हात्तीमाथि राखेर घुमाउने काम बन्द गरेका कारण खेल बन्द गरिएको चौधरीको भनाइ छ ।
गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add