लभ नै नभएपछि सेक्स हुने कुरै आएन: आकांक्षा बस्याल

छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल गायीका आकांक्षा बस्याल संग गरिएको छोटो कुराकानी
संगितमा कसरी लाग्नु भयो ? 
मेरो मम ड्याड दुईवटै कलाकार बन्न चाहनुहुन्थ्यो तर आफ्नो ईच्छा पुरा नभएको कारणले म जन्मिएपछि सानै देखी गित गुनगुनाउने गर्थे रे, स्वर पनि राम्रो थियो रे । त्यसैले गर्दा वहाँहरुले आफ्नो सपना म बाट पुरा हुन्छ जस्तो लागेर मलाई संगितमा लाग्न प्रोत्साहीत गर्नुभयो । अनि मेरो पनि ईच्छा त्यसैमा थियो । सानै बाट स्कुलहरुमा गाउने गर्थे । सबैले म्युजिकमा तिमीले केही गर्न सक्छौ भनेर हौसला दिनुहुन्थ्यो । त्यसपछि म म्युजिक सिक्न थाले र भ्वाईस अफ टिन २०६७ मा म महिला तर्फको विजेता बन्न सफल भए, त्यसपछि मेरो म्युजिक क्यारीयर सुरु भयो ।
सानो उमेरमै संगित क्षेत्रमा सफल हुनुभएको छ !
सफल हुने कोसिस मात्र गर्दैछु, अझ धेरै गर्न बाँकी छ ।
नेपालमा महिला गायकको अवस्था के छ ? 
यदी राम्रो गायकिपना छ भने, राम्ररी निखारिएर आउनुभाको छ भने उहाँको लागी नेपालमा ठुला संभावना छ तर धैर्यताको साथ पोख्त भएर अगाडी बढे धेरै राम्रो छ ।
यो क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
अहिले त ठिकै ठिकै छ, संघर्ष गरिहेको छु, आफ्नो खर्च चाँही उठ्दै छ ।
पव्लिक आईकन भएपछि हल्का ग्ल्यामरस पनि हुनु पर्छ भन्छन नि ??
यो कुरा ठिकै पनि हो र हईन पनि……राम्रो नगाएर ग्ल्यामरस भएर पनि काम छैन अनि राम्रो गाएर धेरै एट्टिट्युड देखाको पनि राम्रो हुन्न । राम्रो गाउन पर्यो र राम्रो देखिन नि पर्यो, यो कुरामा म विश्वास गर्छु ।
तपाई त हेर्दा पनि स्विट र सेक्सी हुनुहुन्छ त !
हा हा हा अलि अलि त अरुले पनि त्यसै भन्छन् । । ।
पक्कै माया प्रेममा त पर्नुभाको छ !
नो अहिले मैले त्यो बारेमा सोचेकी छैन ।
तपाईको विचार मा लभ र सेक्स के हो ?
लभ नै नभएपछि सेक्स हुने कुरै आएन । यो दुईवटैको अनुभव छैन मलाई अहिले सम्म ।
तपाईको सांगितीक क्षेत्रको उदाहरणीय व्यक्तित्व को हुनुहुन्छ ?
मलाई अरुण लामा ज्यु एकदम मनपर्छ । उहाँको हरेक गितहरु गाउने शैलीले मन छुन्छ । जीवनका यथार्थ भोगाईका कुराहरु हुन्छन त्यसैले उहाँको गितहरु उत्कृष्ट लाग्छ अनि उहाँकै गितको रियाजले नै मैले सांगितीक करियर सुरु गरेको हो अनि श्रेया घोसाल अनि आशा भोस्ले पनि मलाई एकदम मन पर्छ
संगित बाहेक के गरिरहनुभाको छ ?
म स्नातक प्रथम वर्षको विद्यार्थी हो /
गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add