दु:खद खबर .. सुपर ग्यास उद्योगमा भीषण आगलागि / चारको मृत्यु/ २ वटा शव उछिट्टिएर बाहिर आयो

वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ। वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजे आगलागी हुँदा दुई जनाको मृत्यु भएको हो।
ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेको अग्नीनियन्त्रक दमकलसमेत जलेको छ। बरुणयन्त्र जल्नुको साथै आगो नियन्त्रण बाहिर गएपछि घटनास्थलबाट सर्वसाधारणलाई ४ किलोमिटरको दुरी राखिएको छ।
मृतक कामदार वा अग्नि नियन्त्रक को हुन् भन्ने पुष्टि अझै भएको छैन। घाइते कामदार अम्मिका पटेल र सुरक्षा गार्ड सन्दिप नेपालको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ।
विश्वकर्मा सिमेन्ट उद्योग नजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यास बुलेट जलेर नष्ट भएका छन्। ग्यास बुलेटबाट प्लान्टमा सार्ने क्रममा लिक भइ आगलागी भएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शान्तिकुमार कार्की बताए।
उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागी भएका कारण स्थानीय त्रसित बनेका छन्। स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका छन्। प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको छ।
ग्यास बुलेट पड्किएको आवाज परसम्म सुनिएको छ। प्लान्ट जलेर निस्किएको धुँवाले आसपासको क्षेत्र समेत ढाकेको छ।
सात वर्ष पहिले सुरु भएको उद्योग अवुलेश अन्सारीको हो। अवुलेश वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक पनि हुन्।

सेतोपाटि बाट 
गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add